
काठमाण्डु, ३२ जेठ– राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत भएको बताएका छन ।
उनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले अब सांसद बन्ने सम्भावना पनि एक प्रतिशत रहेको दाबी गरेका छन ।
उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा बताएका छन । उनले ट्वीटरमा लेखेका छन्, ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहीरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ ।