नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त

काठमाण्डु टुडे २०८० जेठ ३२ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– नेपाल सरकारको मुख्य सचिव पदमा डा वैकुण्ठ अर्याल नियुक्त भएका छन । अर्याललाई आज बिहिबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका छन । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us