
सर्लाही, ३२ जेठ– सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–१० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव रहेका छन ।
बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा ४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पजियारले बताएका छन ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।