प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ : शुक्रबार सवाल जवाफ हुने

काठमाण्डु टुडे २०८० जेठ ३२ गते ११:२० मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– आज बिहिबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पनि पेस गरेका छन ।

त्यसक्रममा उनले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका थिए । सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्ने भएको छ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने बताइएको छ ।

कामु प्रधानन्यायाधीश समेत रहेका कार्की २५ वैशाखमा बसेको संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ । हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us