
काठमाण्डु, ३२ जेठ– प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आज शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका बजेटबारे छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सम्भावित कार्यसूचीमा बजेटका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । त्यसरी उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका थिए ।