प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे आजदेखि सुनुवाई

काठमाण्डु टुडे २०८० जेठ ३२ गते ८:१८ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे आजदेखि सुनुवाई सुरू हुँदैछ ।

संवैधानिक परिषदले गत २५ वैशाखमा प्रधानन्यायाधीशमा कार्कीको नाम प्रस्तावित गरेको थियो । तर, त्यसबेला संसदीय सुनुवाई समिति गठन नभएका कारण ढिला गरेर सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध समितिमा २९ वटा उजुरी दर्ता भएका छन् । उजुरी दिनेसँग समितिले बुधबार छलफल सकाएको छ ।

सुनुवाइका क्रममा सुरुमा कार्कीले आफ्नो कार्ययोजना पेस गर्नेछन् । कार्ययोजना पेश भएपछि समितिका सदस्यले प्रश्न सोध्ने कार्यतालिका छ । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने कार्यक्रम छ । हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्की आगामी १९ साउनदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us