
काठमाण्डु, ३१ जेठ– कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छन । आज बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले उच्च शिक्षा ऐन ०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गर्दै उनीहरुले प्रदर्शन गरेका हुन ।
उनीहरूले लामो समयदेखि मस्यौदामा सीमित भएका ‘उच्च शिक्षा ऐन’ ‘सङ्घीय शिक्षा ऐन’ लगायतका ऐनलाई संसद्मा प्रस्तुत गर्न र संसद्को शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारित गर्ने बाटो प्रशस्त गर्न सरकार र शिक्षामन्त्रीसमक्ष माग गरेका छन ।
उनीहरुले उल्लेखित विषयमा सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने बताएका छन । कार्यक्रमस्थलबाट प्रहरीले केही विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको पनि गरेको छ ।