
एजेन्सी– नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ । डुङ्गामा तीन सय जना सवार रहेका छन ।
यस्तै डुङ्गा पल्टिँदा कँयै व्यक्ती हरु घाइते भएका छन । यी मानिसहरू एक विवाहमा सहभागी भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला यो दुर्घटनामा परेको अधिकारीहरूले जानकारी दिएका छन ।
बेपत्ताहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन । राहत कार्यमा संलग्न एक कर्मचारीले समाचार एजेन्सी एएफपीलाई मृतकको सङ्ख्या बढ्न सक्ने जानकारी दिएका छन । हालैका वर्षहरूमा नाइजेरियामा धेरै डुङ्गा दुर्घटनाहरू भएका छन् ।