
काठमाण्डु, ३१ जेठ– नेकपा एकीकृत समाजवादीका नेता एवं केशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन ।
आज (बुधबार) प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन आग्रह गरेका छन ।
कोशी प्रदश सरकारले बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र असार १ गते बजेट ल्याउनुपर्नेछ । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् ।
एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राईले नैतिक र कानुनी रुपमा पहिला विश्वासको मत लिएर मात्रै बजेट ल्याउनुपर्ने पनि बताएका छन ।
उनले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा नै बजेट पेश गर्न पनि आग्रह गरेका छन । उनले भने, ‘ ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो अध्यादेश को बाटोमा नजानू’ ।