१० तालिवानीकाे मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १२ गते ११:३५ मा प्रकाशित

काबुल, १२ साउन – तालिवानहरूका विरुद्ध अफगानिस्तानका सुरक्षाबलले सोमबार बिहान गरेको कारबाहीको क्रममा १० तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयले सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकाय समेतको सहभागितामा सो कारबाही जारी रहेको बताइएको छ ।

अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको कारबाहीको क्रममा १० आतङ्ककारीको मृत्यु हुनुको साथै छ जना घाइते र चार पक्राउ परेको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us