लिबियामा सेना र विद्रोहीबीच भिडन्त, ३६ को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १२ गते ४:१२ मा प्रकाशित

benghagiकाठमाण्डु, १२ साउन– लिबियाको बेन्घाजी सहरमा सरकारी सेना र चरमपन्थी इस्लामिक विद्रोहीबीच भएको भिडन्तमा कम्तिमा ३६ जनाको ज्यान गएको छ ।
विद्रोहीले त्रिपोलीस्थित हवाई अड्डा र इन्धन भण्डारण केन्द्र नजिकै सेनालाई लक्षित गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तत्कालिन शासक मुअम्मर गद्धाफीलाई सत्ताच्युत गरी हत्या गरिएयता लिबियामा हिंसा जारी छ ।

देशको ठूलो भूभाग विद्रोही नियन्त्रणमा छ । हिंसा चर्कंदै गएपछि अमेरिका र बेलायतले आफ्ना नागरिकलाई लिबिया नजान अपिल गरेका छन् । अमेरिकाले राजधानी त्रिपोलीमा रहेको आफ्नो दूतावास हटाएको छ ।

यस्तै संयुक्त राष्ट्रसंघले लिबियामा तैनाथ आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us