सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा

काठमाण्डु टुडे २०८० जेठ १४ गते १५:०८ मा प्रकाशित

काठमाण्डु,१४ जेठ- सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ ।

आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९र८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा सञ्चालनमा छन्,’ मन्त्री महतले भने, ‘संस्थानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ ।

जसमध्ये यो वर्ष करिब एक प्रतिशत लाभांश सरकारले प्राप्त गरेको छ ।’ सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको उन्ले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us