जंगली च्याउ खाँदा महिलाको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ३ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, ३ साउन– दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर एक महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो ।

अन्य पाँच जनालाई अस्पताल लगिएको थियो । बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो ।

घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us