बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

काठमाण्डु टुडे २०८० जेठ ११ गते १२:३९ मा प्रकाशित

काठमाण्डु ,११ जेठ-   ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बाल यौन दुरुपायोग गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा घर भएर धापाखेल बस्दै आएका २५ वर्षीय अमन यादव छन् । उनले जेठ १ मा लगनखेल स्थित इन्स्टिच्युटमा दुव्र्यवहार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

घटनाबारे अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी वृत सातदोवाटोले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us