कपिलवस्तुमा आगलागीबाट ३ घर जले

काठमाण्डु टुडे २०८० जेठ १० गते १३:४९ मा प्रकाशित

काठमाण्डु,१० जेठ- कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् ।

मंगलबार राति जील्लाकोबुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us