चिया गफ गर्ने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुस्, संसदमा होइन : रवि लामिछाने

काठमाण्डु टुडे २०८० जेठ १० गते १३:३० मा प्रकाशित

काठमाण्डु,१० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलका नेताहरूलाई आफ्नो र आफ्ना पार्टीका नेता तथा सांसदहरूको घरमा चिया खान आउन निम्ता दिएका छन् ।

बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्ना धारणा राख्दै उनले एक अर्कामा आरोप–प्रत्यारोप, वाद–विवाद र गाली गलौज गरेर संसदको महत्वपूर्ण समय खेर फाल्नु नहुने बताएका हुन। उनले संसदलाई पुराना दलका नेताहरूले दुरुपयोग गरेको दाबी गर्दै जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गरे ।

लामिछानेले भने, ‘नेपाली जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गर्छु ।’ उनले अगाडि भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुस्, केही फरक पर्दैन । तपाईँहरुकैमा जानुपर्छ भन्ने छैन ।

अब चिया खाने थलो परिवर्तन गर्नुस् । चिया खाने थलोमा भर्खरै आएका सांसदहरूलाई पनि भेटघाट गर्नुस् । नयाँ दलहरूसँग पनि भेटघाट गर्नुस्, त्यसरी गरे राम्रो अभ्यास बस्छ ।’

उनले ७० प्रतिशत रकम तलबका लागि छुट्याउने र विकास बजेटका रुपमा ३० प्रतिशतमात्रै छुट्याउने चलनले देशमा आर्थिक विकास संभव नभएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us