नवनियुक्त वनमन्त्री र शिक्षा राज्यमन्त्री लिए शपथ

काठमाण्डु टुडे २०८० जेठ १० गते ११:४७ मा प्रकाशित

काठमाण्डु ,१० जेठ- नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार महतो र प्रमिला कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए । मन्त्री र राज्यमन्त्रीको बुधवार शपथ भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us