
काठमाण्डु,९जेठ- काठमाण्डु महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
मङ्गलवार महानगरपालिकाले वडा नम्बर ९ स्थित खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गर्ने सञ्जीव रावतलाई जरिवाना तिराएको हो ।
महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलगायतका वातावरण प्रदूषण गर्ने काम नगर्न सचेत गराउँदै आएको छ। एस्तै माहानगरले अटेर गर्नेमाथि जरिवाना गर्दै आएको छ ।