
काठमाण्डु ९ जेठ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् ।
मंलबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले अंगालेको जनताको बहुदलीय जनवादमा सबै नेता कार्यकर्ता लामबद्ध हुनुपर्ने बताए ।
दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादमा आधार निर्माण गरिने छ ।
यो गर्न सजिलो छैन यो पुरा गर्नुपर्छ’, ओलीले भने, ‘सैद्धान्तिक प्रस्तावलाई जटिल होइन जनबोलीमा सहजढंगले समृद्धि नेपाल सुखी नेपालीको नारा ल्याएका हौं ।
यो देश बनाउने गन्तव्य हो । हाम्रो पार्टी सबै तहका संगठन र कार्यकर्ताहरु लामबद्ध बनाउनु पर्ने छ ।पार्टीको नेता पदले नभई क्षमताले हुने उनले बताए ।
‘भोटा फटाएको भरमा नेता हुने भन्ने हुँदैन । क्षमताले नेता हुने हो । क्षमताले नेता हुन सबैले साबित गर्नुपर्छ,’ ओलीले भने ।