मिलेमतोमा इन्टरनेटको मूल्य बढाउने कार्य तत्काल रोकिनु पर्छ : प्रदीप पौडेल

काठमाण्डु टुडे २०८० जेठ ८ गते १६:१३ मा प्रकाशित

काठमाण्डु ,८ जेठ-नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरो छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको मूल्य अनुचित भएको बताए।उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

इन्टरनेट सेवा प्रदायकले मूल्य भन्दा पनी सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us