
काठमाण्डु, ८ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद डोलप्रसाद(डिपी)अर्यालले रोस्टममा उभिएर खाली कुर्सीहरुलाई हेर्दा रोस्टमकै अपमान भए जस्तो अनुभूति भएको बताएको छन।
सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अर्यालले संसदका २७५ सांसदै उपस्थित गराउने वातावरण बनाउनुपर्ने बताए । उनले संसदमा अधिकांश सांसदहरु अनुपस्थित भएपछि नीति तथा कार्यक्रममा राम्रोसँग छलफल हुन नपाएको गुनासो गरे ।
‘सरकारले प्रस्तुत गरेको ०८०र०८१ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम आफ्नो केही प्रतिक्रिया र सुझाव लिएर उभिएको छु । सदनका खाली कुर्सीहरुलाई हेर्दा आफूपनि रोस्टममा आएर बोलिरहनु रोस्टमकै अपमान गरे जस्तो लाग्छ’, अर्यालले भने, ‘बरु घरमै बसेर ऐनामा हेर्दै बोलेर पेनड्राइपमा रेकर्ड गरेर सचिवालयमा बुझाए हुने हो कि भन्ने जस्तो लाग्छ ।
’संसदका २७५ जनाबीच सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल केवल रेकर्डको लागि मात्रै बोले जस्तो अनुभूति भएको उनले बताए ।नीति तथा कार्यक्रमका विषयमा कतिपय सांसदले केही बुँदा संशोधन गर्ने औल्याएपनि पुरै पुर्नलेखन वा पारित गर्नै हुँदैन भन्ने प्रस्ताव अतिशयुक्ति हुने अर्यालले बताए ।