नीति तथा कार्यक्रम गडगडाहट ताली पिटेर पास हुन्छ : देवेन्द्र पौडेल

काठमाण्डु टुडे २०८० जेठ ८ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले छक्का हानेर गडगडाहट तालीका साथ नीति तथा कार्यक्रम पास गर्ने बताएका छन् ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छक्का हानेर नीति तथा कार्यक्रम फेल गराउने बताएपछि उनले त्यसको जवाफमा ताली पिटेरै कार्यक्रम पास गर्ने बताएका हुन् । सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पौडेलले एकजना पूर्व प्रधानमन्त्रीले छक्का हानेर फेल गराउने कुरा गर्नुभयो ।

सुन्दा रमाइलै थियो, संसदमा सुने बाहिर पनि एकपटक सुने यो गठबन्धनको सरकार हो । ह्वीप लगाएपनि उहाँकै दलले मान्ने अवस्था छैन । हामी छक्का हानेर गडगडाहट ताली पिटेर बजेट पास गर्नेछौं । अहिलेको सरकार बहुमत प्राप्त भएकाले पास हुने कुरामा दुविधा नरहेको उनले बताए।

‘हामी तर्कका लागि तर्क गर्ने भन्दा पनि यथार्थमा रहेर बहस गर्न तयार छौं’ उनले भने, ‘शब्द जालमा पारेर रमाइलो गर्ने समय होइन। अहिलेको अर्थतन्त्रलाई सुधार गरेर अघि बढ्ने योजना बनाउनुपर्छ ।’ अहिलेको सरकारले पियानो लयमै बजाउन खोजेको छ ।

औला राम्रोसँग चलाएर लयमै पियानो बजाएर विश्वको अर्थ प्रणाली र देशको अर्थ प्रणालीको बीचबाट देशको अर्थ प्रणाली जोगाउने गरी नीति तथा कार्यक्रम आएका छन्’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us