
काठमाण्डु ,८ जेठ -एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड रुपैयाँ चोरी भएको छ ।
३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एभरेष्ट बैंकको ईटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंक कर्मचारी र दुईजना बाहिरका व्यक्ति रहेका छन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएको उनले बताए ।
उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ।