
काठमाण्डु,८ जेठ- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिल कार्यालय काठमाण्डुलाई अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले सरकारी वकिल कार्यालयलाई थिएन।आज सकेसम्म चाँडै प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रहरीले आइतबार प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल सम्म प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। जस्मा नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।यस्तै केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
यस प्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।