बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता

काठमाण्डु टुडे २०८० जेठ ७ गते १८:१५ मा प्रकाशित

बझाङ, ७ जेठ– बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते भएका छन । आज आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिएका छन ।

उनले अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको बताएका छन । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले जानकारी दिएका छन ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us