
काठमाण्डु, ७ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताएकी छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले यस्तो बताएी हुन ।
उनले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्याहरूलाई समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताएकी छन ।
उनले रैथाने बाली, बिउबिजन, नश्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरूलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताएकी छन ।
त्यसैगरी उनले कृषि, पशुपक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य सहरहरूमा प्रयोगशाला स्थापना हुनुपर्ने बताएकी छन ।
सांसद गौतमले काठमाण्डु २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचिमा समावेश गर्न समेत सरकार सँग आग्रह गरेकि छन । उनले विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरुमा चार्जिङ सेन्टर स्थापना हुनुपर्ने बताएकी छन ।