
काठमाण्डु, ७ जेठ– एमाले महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन । उनले वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उनले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका छन ।
आज (आईतबार) प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न सक्दैन ।’
यसको उदाहरण उनले बलिउडका अभिनेता अमिताभ बच्चनलाई राजनीति नफापेको बताएका छन । ‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए,उनले भने, ‘तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।’
उनले पपुष्टि पोलिटिष्क कही पनि फाप्न नसकेको भन्दै युक्रेनका राष्ट्रिपतिको पनि उदाहरण दिएका छन । उनले भने, ‘कलाकारलाई राष्ट्रिपति बनाउदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन्’ त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।’
उनले पपुलिष्ट पोलिटष्क परिवर्तनको पक्षमा कहिल्लै पनि नहुने भन्दै राजनीतिक दलहरुको विकल्प नभएको बताएका छन । उनले भने, ‘राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु नै हुन्, ‘समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ । र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ नेकपा एमालले मात्र राख्न सक्दछ ।’