
काठमाण्डु, ६ जेठ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले राम्रो काम गरेको र त्यति धेरै बदनाम नभएको बताएकी छन ।
आज (शनिबार) प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।
उनले विगतको र अहिलेको सरकारमा माओवादी मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरेकी छन । उनले भनिन्, ‘ हिजो केपी ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले नेतृत्व गर्दाहोस्, जसले नेतृत्व गर्दा होस् माओवादी मन्त्रीहरु त्यतिधेरै बदनाम छैनन् ‘राम्रो परिणाम हामीले कति निकाल्न सक्यौं त्यो एउटा कुरा होला ।
तर बदमासी गरेको भन्ने कुरा अरुका तुलनामा छैनन् ।’ माओवादी केन्द्रबाटै मन्त्री बनेकी शर्माले अगाडि भनिन्, ‘जे जति राम्रा काम भएका छन् ती माओवादी मन्त्रीकै कारण बढी भएका छन् ।
अरुले गर्दै गरेनन्, मैले यसो भन्न खोजिराखेको छैन । तर माओवादी मन्त्रीकै कारण बढी भइरहेका छन् ।’ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विगतका कार्यकालमा भन्दा बढी परिपक्वताका साथ काम गरेको मन्त्री शर्माले बताएकी छन ।