
काठमाण्डू, ११ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान हुन ।
राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि पनि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।
त्यस्तै, जर्मनीका लागि नेपालकी आवासीय राजदूत डा. शैल रूपाखेतीलाई होली सी, गणतन्त्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका उपसचिव तथा सूचना अधिकारी अर्चना खड्का अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।