
काठमाण्डु,४ जेठ– प्रहरीले श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका– ६ फगामका गर्भे विक रहेका छन ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गर्भे विकलाई काठमाण्डुको सतुंगलबाट पक्राउ गरेको हो । २० फागुनमा श्रीमती केशु बिक हत्या गरेर उनी फरार भएका थिए ।
हत्यापछि कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटा स्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा शव फ्याँकेर उनी फरार भएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई आवश्यक कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बतानएका छन ।