
काठमाण्डु, ३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको कसूरसहित ४ वटा कसुरमा मुद्दा चलाउन सरकार सँग माग गरेको छ ।
जेठ १, २ र ३ गते बसेको केन्द्य्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको राप्रपाले बताएको छ ।
बैठकपछि राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारवाही चलाउन राप्रपा जोडदार माग गर्दछ’ ।
राप्रपाले माओवादी लडाकु शिविरको घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा तत्काल छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन पनि सरकार सँग माग गरेको छ ।
राप्रपाले ०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन सरकारसँग माग पनि गरेको छ ।