
हेटौँडा, ३ जेठ– हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमलटारका दुई वर्षीय समर लो रहेका छन ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।