
काठमाण्डु, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस हावा न चाबाको पार्टीको बताएका छन ।
आज बुधबार मदन भण्डारीको ३० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष आलीले यस्तो बताएका हुन । ओलीले देशको परिस्थिति अत्यन्त गम्भीर भए पनि सरकार र सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई कुनै चिन्ता नभएको भन्दै कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडेको बताएका छन ।
उनले भने, नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ– हावा न चाबाको १ त्यो पार्टीलाई कुनै राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो’ देश यस्तो गम्भीर परिस्थितिमा छ, लामो इतिहास बोकेको कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेजस्तै छ ।’
उनले कांग्रेसलाई के गर्नुपर्ने हो ? कसरी देशलाई सही बाटोमा लानुपर्ने हो भनेर सोच्न समेत सक्ने अवस्थामा नभएको बताचएका छन ।
उनले भने, ‘हाम्रो पार्टी एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने परिस्थिति छ’ ‘यसको अर्थ हामी कसैसँग मिल्दै मिल्दैनौ भन्ने होइन । तर सत्ता स्वार्थका लागि मिल्ने कुरा हुँदैन ।’ उनले नेकपा एमाले सत्ता स्वार्थका लागि कसैसँग नमिल्ने दाबी गर्दै विकास, सुशासन र परिवर्तनका लागि मिल्न सकिने बताएका छन ।