
काठमाण्डु,२७ वैशाख– शीर्ष नेताहरुको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवर्ता भएको थियो ।
भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण रुपले हेरीएको छ । अहिले त्यो छलफलमा गृहमन्त्री श्रेष्ठ पनि सहभागी भएका छन ।
छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने , ‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ ।