कुनै पनि भ्रष्टाचारीलाई छोड्नु हुँदैन: माधव नेपाल

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १५:०७ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन सरकसँग माग गरेका छन ।

आज (बुधबार) काठमाण्डुमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताएका छन ।

उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको बताएका छन । उनले भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन । उनले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us