
काठमाण्डु,२७ वैशाख– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एवं प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् ।
रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।
बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन ।
एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरिसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।