
काठमाण्डु,२७ वैशाख– प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरु भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वैठकमा बसेका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ ।
मंगलबार पनि शीर्ष नेताहरुको छलफल भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरीएको छ ।