
काठमाण्डु,२७ वैशाख– एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत पनि आग्रह गरेको छ ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको बताएका छन ।
उनले भने, ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ ।
यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ ।
प्रतिनिधिसभा सदस्य रायमाझी एमालेका सचिव हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र उनी अहिले फरार रहेका छन । भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कार्यमा आफ्नो पार्टीको समर्थन रहने उनले बताएका छन ।