नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौं: प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १४:१२ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो काममात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छनत ।

आज (बुधबार) कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने अठोटका साथ अगाडि छौं ।

यहाँहरुले देख्नुभएको छ । सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्राबाहेक नराम्रो गर्दै नगर्ने भनेर लागेका छौं ।’ उनले सरकारको काममा वुद्धिजीवि र नागरिक समाजको साथ हुने आशा पनि व्यक्त गरेका छन ।

उनले भने, ‘मलाई विश्वास छ, सुशासनको निम्ति, सामाजिक न्यायका निम्ति र समृद्धिका निम्ति हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारी, वुद्धिजीवि नागरिक समाज र आम जनताको पनि साथ हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु’ । उनले राजनीतिमा जटिलता आइरहने भन्दै अहिले पनि केही जटिलता रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us