भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्: राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १२:३१ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेका छन ।

आज (बुधबार) बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताएका छन ।

उनले यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताएका छन । उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न माग गरेका छन ।

उनले प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us