राप्रपाको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डु टुडे २०८० वैशाख २७ गते ११:३४ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरुले बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरीएको छ ।

आज (बुधबार) बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग राखेका थिए ।

तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरे । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us