
काठमाण्डु,२७ वैशाख– पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बुधबार बिहान निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डु प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने जानकारी दिएका छन ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन । प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।