मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १८:२६ मा प्रकाशित

प्युठान,२६ वैशाख– प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान झिमरुक गाउँपालिका–४ बागेंफेदीका २४ वर्षीय शेरा सुलभ शाह रहेका छन ।

जिल्लाको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लालवहादुर विकले जानकारी दिएका छन ।

बिकका अनुसार दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

बुटवलबाट प्युठानतर्फ आउँदै गरेको लु ५८ प ६१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us