पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १६:१३ मा प्रकाशित

एजेन्सी– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन । उनी आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको छ ।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको बताएका छन । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’

इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको जानकारी दिएका छन । फारुकले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ।

वकिल र आम जनतालाई पीडा दियो। इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us