
एजेन्सी -भारतको मध्य प्रदेको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ ।
दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले जानकारी दिए । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
खोला हाल सुकेको छ । मिश्राले भने, ‘१५ जनाको मृत्यु भएको खबर छ । २०–२५ जना घाइते छन् । सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।’
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोन बस दुर्घटनामा मारिएकाहरूको परिवारलाई ४–४ लाख र गम्भीर रूपमा घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेको छ । यस्तै, सामान्य रूपमा घाइतेलाई २५–२५ हजार भारुको आर्थिक सहायता दिने जानकारी दिएको छ ।