भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने पत्याइँदैन: राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

आज पार्टीनिकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले प्रचण्डलाई वाइडबडी, लडाकु शिविरलगायतको फाइल पनि खोल्न आग्रह गरेका हुन्।

‘ कार्यक्रमा बोल्दै उनले भने लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। अहिले केही मानिसहरू पक्राउमा परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन्।

म यहीँबाट सरकारलाई भन्न चाहन्छु९ यो छानबिनको क्रम जसरी अगाडि बढेको छ। विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन।

यदि प्रधानमन्त्री पुष्पकमल दाहालले सुनियतका साथ सुविचारका साथ यो कदम अगाडि बढाएको र यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राप्रपा यसमा समर्थन गर्दछ,’ उनले भने, ’माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्न उनले प्रचणलाइृ आग्रह गरे।

लडाकु शिविरको घोटाला उहाँकै शीरमाथि लागेको छ। फाइल खोलेर उहाँले आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्योह। तर भ्रष्टाचारको डुंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यो भने लामो समय पत्याइँदैन।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us