
काठमाण्डु, २४ वैशाख- रामेछापबाट काठमाण्डुतर्फ आउँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ ।
रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन।
घाइते हरुदुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएको र बसका चालकले कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ।