
काठमाण्डु, २४ वैशाख- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न व्यकतीलाई सरकारले कडा भन्दा कडा कारबाही गर्न बताएका छन।
आइतबार गृह मन्त्रालयले आयोजना गरेको एक कार्यकैमा बोल्दै मन्त्री श्रेष्ठले हिंसामा संलग्न पीडकलाई सरकारले कुनै कदम बाँकी नराख्ने बताएका हुन् । उनले महिला हिंसासम्बन्धी विगतका घटनाहरुको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए ।
अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले जीकीर गरे।मन्त्री श्रेष्ठले हालसम्म प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै महिलाहरुलाई अझ अधिकारसम्पन्न बनाउन सरकारले प्रयत्न गर्ने पनि बताए ।