दश-दशवटा दल भएर पनि सरकारलाई पूर्णता दिन सकेनन् : केपी ओली

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १४:३२ मा प्रकाशित

काठमाण्डु,२४ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका दल भएको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको बताइका छन। अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो ।

यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो ।

प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’१०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे ।

ओलीले अहिलेको सरकारले ‘जनताको पक्षको केही काम जगरेको भन्दै आक्रोश पोखे। उनले सरकार छाढ्ने र नयाँ भर्ती हुनेको ताती लागेको बताइका छन। उनले सरकारले आज सम्मनी पुर्णता पाउन नसकेको बताय । उनले भने अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो । अस्ति कहिले ३ जना मन्त्री बल्ल थप्यो ।

अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश ।

राजनीतिक तामाशा देखाइएको छ ।’उनले भने। त्यस्तै, स्थानीय तहले गरेको कामप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । उनले स्थानीय सरकारले जनतालाई रनभुल्लमा पार्ने काम मात्र यरेकाो बताएका छन। उनले भने हाम्रो महानगर, उपमहानगरहरूले कसरी काम गरेको छ ।

कोही भत्काउने काम मात्र गर्छ, निर्माणको काम केही छैन । कहीँ निर्माण गर्नै पाउँदैन।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us