एमालेले संसदीय दलको बैठक सुरु

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १३:४८ मा प्रकाशित

काठमाण्डु ,२४ वैशाख- नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।

बैठक संसद् भवनको ल्होत्से हलमा सूरु भयको हो । आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने र तेही अनुसार पार्टीका सांसदहरूले भूमिका खेल्ने बताए ।

यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us